आज:  | Mon, 26, Feb, 2024

पोखरामा कोरोनाभाइरस पोजेटिभ देखिएको छैन- गण्डकीका मन्त्रीद्वारा गल्ति स्वीकार

२०७६, २१ चैत्र शुक्रबार २०:०० मा प्रकाशित ( ३ साल अघि) १३३९३ पाठक संख्या

नेपालमा भेटिएका ६ जना मध्य पाँच जना कोरोनाभाइरस संक्रमितले उपचार भैरहेको छ । ति मध्य दुई जनाको काठमाडौं टेकु अस्पतालमा,बागलुङका दुई जना र धनगढीमा एक जनाको उपचार भईरहेको छ ।

अहिलेसम्म पोखरामा पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले पोखरामा कोरोनाभाइरस संक्रमण पोजेटिभ नदेखिएको स्पष्ट पारेका हुन ।
पोखरामा कोरोनाभाइरस संक्रमणको नमूना पोजेटिभ भेटियको भनेर हल्ला भाईरल भएको थियो । केहि अनलाइन मिडियमा आएको समाचारले सबैमा त्रास फैलाएको थियो । उक्त समाचार भाईरल भएपछि काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि पोखरामा कोरोनाभाइरस पोजेटिभ नदेखिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिएका हुन।

अहिलेसम्म नेपालमा १ हजार २७७ जनाको नमूना परिक्षण गरिएको छ भने ६ जनामासंक्रमण देखिएको हो । ति मध्य एक जना निको भएर घर फर्कि सकेका छन् भने पाँच जनाले उपचार गराईरहेका छन् । डा.देवकोटाका अनुसार देशभर १२० जना आईशोलेसनमा रहेका छन् । काठमाडौंमा १५ तथा काठमाडौं बाहिर १०५ जना रहेका छन् ।

हाल सरकारले प्रदेशबाट पनि परिक्षण शुरु गरिसकेको छ । धरान, पोखरा, हेटौडा, जनकपुर, सुर्खेत र धनगढीमा परिक्षण शुरु गरिएको छ भने बुटवलमा परिक्षण उपकरण जडानको काम भईरहेको डा.देवकोटाले बताए।

खबर एक्सप्रेस