आज:  | Mon, 04, Mar, 2024

मोरङमा दोहोरो गोलि हानाहान, ३ पक्राउ

२०७६, २१ चैत्र शुक्रबार २२:१५ मा प्रकाशित ( ३ साल अघि) १४७८८ पाठक संख्या

मोरङमा चैत्र २१ । मोराङको वनमा चोरी गर्ने समूह र वन कर्मचारीबिच दोहोरो गोलि हानाहान भएको थियो । घटनामा कोही घाइते नभए पनि दुई थान भरुवा बन्दुक, २०० ग्राम बारुद र छर्रा घटनास्थलबाट बरामद गरी तीन जनालाई पक्राउ गरेको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए।

मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन रक्षक र सशस्त्र प्रहरी बलका प्रहरीबाट खोजी अभियान चलाउँदा चोरी शिकारी गर्ने समूहले प्रहरीतर्फ नौ राउण्ड गोली चलाएका थिए भने जवाफमा वन रक्षक र प्रहरीले सात राउण्ड गोली चलाइएका थिए ।

केराबारी गाउँपालिका-८ निवासी गन्मरबहादुर जोगी, सोही ठाउँका किसान कार्की र बुद्धशान्ति गाउँपालिका झापाका किरण धिमाल पक्राउ परेका छन्। शिकारी २५ जनाको समूहमा रहेको र फरारको खोजी भइरहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

खबर एक्सप्रेस