काठमाडौं, चैत २१ : कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट लेवनानका लागि फिलिपिन्सकी राजदुत क्याटल्लाको बिहीबार ६२ वर्षको उमेरमा मृत्यु भएको फिलिपिन्सको वैदेशिक मामिला विभागले जनाएको छ।
२७ वर्षदेखि कूटनितिक सेवामा रहेकी क्याटल्ला घरेलु कामदारको अधिकारको बलियो पक्षधर हुन्। लेवनानमा कोभिड-१९ भाइरसको संक्रमणबाट राजदूतसहित १६ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी संक्रमित छन्।