आज:  | Sat, 25, Mar, 2023

दिल्ली धार्मिक सभामा भाग लिएका जमातीलाई क्वारेन्टाइनमा पठाइयो

२०७६, २२ चैत्र शनिबार २३:२६ मा प्रकाशित ( २ साल अघि) १११९२ पाठक संख्या

बारा प्रहरीले भारतको दिल्लीस्थित आयोजित मुस्लिम समुदायको धार्मिक सभामा भाग लिएर खुला सीमानाबाट नेपाल प्रवेश गरी बाराको फेटा गाउँपालिकाको वडा नं. ५ जोतपुर गमरिया लुकिछिपी बस्दै आएका ९ जना जमातीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्राले बताएका छन्।
नियन्त्रणमा परेका उनीहरूले भारतको दिल्लीमा आयोजना भएको मुस्लिम समुदायको धार्मिक सभामा आफूहरू सहभागी नभएको बताएका छन्।
भारतमा अहिले यो सभामा भाग लिएका सयौमा कोरोना संक्रमण देखिएको छ।

खबर एक्सप्रेस