आज:  | Thu, 28, Mar, 2024

सामाजिक संजालमा बर्तमान र पूर्व सचिबको वार

२०७६, २३ चैत्र आईतवार ०९:२९ मा प्रकाशित ( ३ साल अघि) २३५६१ पाठक संख्या

काठमाडौँ , चैत्र २३  पूर्वसचिव भीम उपाध्यायले आफ्नो हृयाण्डलबाट एउटा ट्विट गरे  “भोलि आईतबारसम्ममा बिष्णु रिमाल, उपप्रम ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ पदबाट हटे भने अचम्म नमान्नु होला।नभए होलसेल मै पदमुक्त हुन बाध्य हुन सक्छ।” त्यसको केही समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले पूर्वसचिव भीम उपाध्यायलाई अपराधी भन्दै उपाध्याय विरुद्ध ट्विटमा लेखे “भिमजी मेलामचिमा यहाले भ्रस्टचार गरेको समचार पड्दा मलाइ पनि त्यस्तै लागेको थियो ।हेक्का रहोस अपराधिले अरुलाइ पनि अपरधिनै देख्छन। म देस र जनताको नोकर हु तपाइ जस्तो  अहङ्कारि अपराधि होइन । म अपरधि र देस द्रोइ होइन फेरि पनि हेक्का रहोस । कोठामा बसेर अरुको चरित्र हत्या नगर”यो शिलशिला यती मै जारी रहेन फेरी त्यसको जबाफ फर्काउदै उपाध्यायले ”जनताको नोकरको’ मालिकप्रति यस्तो ‘महाबाणी’ छ। स्वास्थ्य मन्त्रालयमा यस्ता नोकरले  चार चॉद किन नलाओस्। यस्ता कुरा लुते कुकुरले पनि पत्याओस् न!” लेखेका छन् ! उपाध्यायले पछील्लो चरण सामाजिक संजालहरुमा उनले चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रस्टचार भएको भनी ब्यापक बिरोध गरीरहेका छन् ।

 

 

खबर एक्सप्रेस