आज:  | Tue, 20, Feb, 2024

क्वारेन्टाइनका लागी शाहरुख खानले आफ्नो कार्यालय दिए

२०७६, २३ चैत्र आईतवार १०:५५ मा प्रकाशित ( ३ साल अघि) २९८२३ पाठक संख्या

बलिवुड अभिनेता शाहरुख खानले सर्वसाधारणलाई क्वारेन्टाइनका लागि आफ्नो निजि कार्यालयका चार वटा फ्लाट बृह्नमुम्बई महानगरपालिकालाई दिएका छन्

शाहरुखले क्वारेन्टाइनका लागि कार्यालय उपलब्ध गराउने कुराको जानकारी बृह्नमुम्बई महानगरपालिकाले ट्वीट गर्दै आफ्नो व्यक्तिगत कार्यालय क्वारेन्टाइनका लागि दिने  प्रस्तावका लागि हामी शाहरुख खान र गौरी खानलाई धन्यवाद दिन चाहन्छौँ भनेको छ ।

महानगरको ट्वीटलाई शाहरुख खानले रिट्वीट गर्दै महानगरलाई यस घडीमा सहयोग गर्न पाउँदा गर्व महसुश भएको बताएका छन्।

 

खबर एक्सप्रेस