काठमाडौं चैत्र २५ । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस समितिले हालका कायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व अर्थसचिव डा. राजन खनाल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको नाम गरेको सिफारिस गरेको छ ।
अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेको सिफारिस समितिले बनेको थियो समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्ध प्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना र एकजना राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था रहेको छ ।
सम्भवत आज बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको १७ औं गभर्नरका नियुक्त गर्नेछ । गत चैत ५ गतेदेखि यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको छ ।