आज:  | Thu, 30, Mar, 2023

महाप्रसाद अधिकारी बने नयाँ गभर्नर

२०७६, २४ चैत्र सोमबार १७:३८ मा प्रकाशित ( २ साल अघि) १३८८९ पाठक संख्या

काठमान्डौ चैत्र २५ आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको १७औं गभर्नर गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट सेवा निवृत्त उनी हाल लगानी बोर्डको सीईओको रुपमा कार्यरत थिए।

गभर्नर छनौटका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा राष्ट्र बैंककै पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व अर्थसचिव एवं राष्ट्रिय सूचना आयोगका निवर्तमान पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको समिति बनेको थियो ।

तत्कालीन गभर्नर डा. चिरञ्जीजी नेपालको कार्यकाल चैत ४ मा सकिएपछि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त भएपछि अधिकारीले गभर्नर बन्ने मौका पाएका हुन् ।

खबर एक्सप्रेस