आज:  | Mon, 26, Feb, 2024

कोभिड १९बाट युएईमा एक नेपालीको मृत्यु

२०७६, २४ चैत्र सोमबार २३:२० मा प्रकाशित ( ३ साल अघि) १३७३४ पाठक संख्या

युएई, कोरोना भाइरस (कोभिड १९) बाट संयुक्त अरब इमिरेट्स (युएई)मा रुपन्देही देबदह– ६ घर भएकी बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु पुष्टि भएको छ । उनी आफु कार्यरत घरमै गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्। मृत्यु हुनु केही दिनअघि उनी अस्पतालमा जाँचका लागि पुगेपनि केही औषधि लिएर काम गर्ने घरमै आरामरत थिइन् ।
मृतकको शव नेपाल लान नसक्ने भएकाले उतै दाहसंकार गर्ने उनका आफन्तले बताएका छन । युएईमा अहिलेसम्म ११ जना नेपाली संक्रमित छन् भने २ जना भने निको भइसकेका छन् ।

खबर एक्सप्रेस