आज:  | Thu, 30, Mar, 2023

लकडाउनका बीच बझाङमा सयौको उपस्थितीमा मेला सम्पन्न

२०७६, २५ चैत्र मंगलवार १३:५३ मा प्रकाशित ( २ साल अघि) १४०१३ पाठक संख्या

कोरोनाभाईरस (कोभिड-१९) सुदुरपश्चिममा अहिले रेडजोनमा रहेको छ । सुदुरपश्चिममा करिब डेढलाख नागरिक त भारतबाट मात्र नेपाल आएको अनुमान छ ।यसैबीच सरकारले लकडाउनलाई थप कडा पारीरहेको समय बझाङको छविसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउनको उल्लंघन गरि सयौंको सहभागितामा सोमबार बान्नीकी चैतली मेला मनाएका छन् । 

छविसपाथिभेरा गाउँपालिकाका उपाध्यक्ष राधिका रतालाले भने गाउँपालिकाले चैत १७ गते नै बान्नीकी चैतली मेला नगर्ने निर्णय बताईन  तर स्थानीय जनताले गाउँपालिकाको निर्णय विपरित उक्त मेला मनाएको बताईन ।आफूहरुले विभिन्न नाकाहरुमा प्रहरी परिचालन गरेकोमा स्थानीयहरुले चोरबाटो प्रयोग गरेर मेला गरेको बताईन् ।

अझ गज्जबको कुरा के छ भने बझाङमा भारतबाट भित्रिएका कुल संख्याको धेरै हिस्सा छविस पाथिभेरामा छन् । यो चैतली मेला मनाईएको वडा नम्बर ३ कँडेलमा २७९ जना भारतबाट आएका ब्यक्ती छन। यस अघी सुदुरपश्चिममा एकैदिन ३ जनामा कोरोनाभाईरस देखीएको थियो ।

 

खबर एक्सप्रेस