आज:  | Thu, 30, Mar, 2023

कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक अग्रवाल पक्राउ

२०७६, २५ चैत्र मंगलवार १५:४१ मा प्रकाशित ( २ साल अघि) १३६१० पाठक संख्या

काठमाडौं चैत्र २५ गते । कोरोना नाप्ने मेसिन थर्मल गन र एन ९५ मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले जगदम्बा स्टिल्स र जगदम्बा सिमेन्टका सञ्चालक शंकर ग्रुपका सुलभ अग्रवाल पक्राउ गरेको छ ।

थर्मल गनको बजारमूल्य ३देखि ५हजार रुपैयाँ हो त्यसमा जहाज भाडा जोड्दा पनि करिब ७हजार रुपैयाँ पर्न आउँछ ।
बजारमा ३हजारदेखि ५हजारसम्म पर्ने उक्त उपकरणलाई उनले १६ हजारमा बेचिरहेका थिए । अग्रवालबाट १६हजारमा लिएर त्रिपुरेश्वरका तिरुपति, कृष्ण इन्टरप्राइजेज र विशाल सर्जिकलले २०हजार रुपैयाँसम्ममा थर्मल गन बिक्री गर्दै आएका थिए । ३सय पर्ने एन ९५ मास्कको उनले ७सयसम्म बिक्री गर्दै आएको सूचना पनि प्रहरीले पाएको थियो ।

उनी किर्किस्तानको महाबाणिज्यदूतका रुपमा निलो प्लेटको गाडी समेत प्रयोग गर्दै आएका थिए । उपकरण बेच्न उनी सोही गाडी चढी नक्साल पुगेको प्रहरी स्रोतले बताएको छ।

अहिले यसबारे अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

खबर एक्सप्रेस