आज:  | Tue, 16, Apr, 2024

अब राहत बितरणमा फोटो खिच्न नपाइने

२०७६, २५ चैत्र मंगलवार २१:४२ मा प्रकाशित ( ४ साल अघि) ११२२३ पाठक संख्या

स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी लागु गरेको हो ।

जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने र खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएकोछ । संदेनशील घडीमा मानवीय संवेदनलाई मध्यनजर राख्ने भन्दै सो निर्णय गरिएको हो ।समाचार तथा सामाजिक सञ्जालमा प्रचार–प्रसारले मानिसको मौलिक अधिकार माथि हस्तक्षेप रोक्नका लागि फोटो नखिच्ने निर्णय गरिएको हो । 

वालिङ नगरपालिकाको नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन–२०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनेको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ स्थानीय तहलाई आवश्यक कार्यविधि निर्माण गरी लागू गर्ने अधिकार दिइएको छ । राहत वितरण प्रक्रियालाई प्रभावकारी, विश्वासनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण तथा व्यवस्थापन कार्यविधि मार्गदर्शक हुने वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले बताए ।

खबर एक्सप्रेस