आज:  | Fri, 24, Mar, 2023

चीन सरकारले तातोपानी नाका खोलीदिने

२०७६, २५ चैत्र मंगलवार २२:१९ मा प्रकाशित ( २ साल अघि) ११६८८ पाठक संख्या

सिन्धुपाल्चोक । चीन सरकारले तातोपानी नाका खोलीदिने भएको छ छिमेकी मित्रलाई कोभिड–१९ महामारीसँग जुध्न चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले आफ्नो स्थानिय प्रशासन निर्देशन दिएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्त्रालयबाट चीन नाका खोल्न तयार रहेको जानकारी आएको र आवश्यक समन्वय गरी चाँडै नाका सञ्चालन गरिने जानकारी दिए तातोपानी नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीले चीनतर्फको भन्सार सुचारु गर्न निर्देशन भइसकेको जानकारी पाएको बताए ।

कोभिड–१९ फैलिन शुरू भएपछि तीन महिना चीनले सबै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो । 

खबर एक्सप्रेस