आज:  | Thu, 18, Apr, 2024

भक्तपुरमा नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

२०७६, २६ चैत्र बुधबार ०८:४० मा प्रकाशित ( ४ साल अघि) ११३७८ पाठक संख्या


भक्तपुर, २६ चैत  भक्तपुर नपा १० कमलविनायकको कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको आरोपमा गरेको सञ्चालक चाँगुनारायण नपा ३ का रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । 

फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको सूचना पाएर मङ्गलबार औषधि व्यवस्था विभाग बबरमहलका वरिष्ठ औषधि अधिकृत उषा तण्डुकार, प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक शशिधर शर्माको टोलीले छापा मार्दा नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएको थियो। 

प्रहरीले फर्माबाट इनस्टैण्ठ हेण्ड स्यानिटाइजर १४९ थान बरामद गरी अनुसन्धान शुरु गरेको छ ।

खबर एक्सप्रेस