आज:  | Sat, 20, Apr, 2024

न्युजिल्यान्डमा लकडाउन उल्लङ्घन गर्ने स्वास्थ्यमन्त्री बर्खास्त

२०७६, २६ चैत्र बुधबार १०:२६ मा प्रकाशित ( ४ साल अघि) १७३६१ पाठक संख्या

एजेन्सी । कोरोनाभाइरस (कोभिड-१९) को महामारी विश्वब्यापी भैरहेको समयमा धेरै देशले अहिले लकडाउनको रणनिति अपनाउदै आएका छन् लकडाउनलाई उल्लङ्घन गर्नेहरुको पनि कमी छैन यसैबिच युजिल्यान्डमा लकडाउनलाई उल्लङ्घन गरेको आरोपमा त्यहाका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले आफ्नो मन्त्री पद गुमाउन पुगेका छन् । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डनले उनलाई पदमुक्त गरिएको जानकारी दिएकी छन् । 

स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राज्यले घोषणा गरेको लकडाउनको यस्तो संवेदनशील समयमा आफ्नो परिवारसँगै कारमा समुद्री तटमा घुम्न गएको यो र यो निकै गलत कार्य भएकोले प्रधानमन्त्रीले मन्त्री क्लार्कलाई बर्खास्त गरेकी हुन। उनी सहायक अर्थमन्त्रीको समेत जिम्मेवारी थिए उता स्वास्थ्यमन्त्रीले आफुबाट गल्ती भएको स्वीकारेका छन् ।

खबर एक्सप्रेस