आज:  | Thu, 30, Mar, 2023

झापामा सुरक्षाकर्मीलाई र क्वारेन्टिनमा रहेकालाई निशुल्क फलफुल बितरण अभियान

२०७६, २६ चैत्र बुधबार १९:१७ मा प्रकाशित ( २ साल अघि) १७०८२ पाठक संख्या


झापा, बिश्वमा कोरोनाभाइरस(कोभिड-१९) को बिकाराल रुप लिदै गर्दा नेपालमा पनि अहिले यसको असर परेको छ नेपाल देशै अहिले लकडाउनमा छ।
यही बिच अहिले सामाजिक अभियन्ताहरु आफुले सक्दो किसीमका सहयोगहरु गरिरहेका छन् यसैबिच पुर्बी नेपाल झापाका अभियन्ता मदन पोख्रेल लगाएत समुह मिली आफ्नो बारीमा फलेका फलफूलहरु किसान कै मुल्यमा बिक्री गर्ने अभियान अन्तर्गत अनारस प्रती गोटा रु.५० र खरबुजा प्रति केजी रु.३०मा बिक्री बितरण गर्ने अभियानको थालनी गरेका छन ।
उनीहरुले सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई र क्वारेन्टिनमा रहेका ब्यक्तीहरुलाई स्थानिय तहसँग समन्वय गरी निशुल्क बितरण गर्ने योजनामा रहेको जानकारी गराएका छन् ।
उनी बागमती सफाइ महाअभियानका सकृय अभियन्ता पनि हुन ।

खबर एक्सप्रेस