आज:  | Sun, 26, Mar, 2023

हालै गरिएका सरकारका निर्णयहरु

२०७६, २६ चैत्र बुधबार १९:२६ मा प्रकाशित ( २ साल अघि) १०४७९ पाठक संख्या

हाल गरिएका सरकारका निर्णय र जानकारी यसप्रकार छन ।

चैत्र ३० गते देखि नेपाल आयल निगमले १४.२ किलो ग्यास (भरी सिलिन्डरको ग्यास ) बिक्री गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार मङ्गलबारसम्म एक अर्ब ८५ करोड ५८ लाख ३४ हजार ४७ रुपैयाँ कोषमा जम्मा भएको जानकारी ।

विदेशी मुलुकमा विपतमा परेका नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने-बस्ने प्रबन्ध मिलाइदिन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

खबर एक्सप्रेस