आज:  | Fri, 19, Apr, 2024

राहत बितरण गर्दै हुनुहुन्छ ? कचनकवल गापाबाट सिक्नेकी

२०७६, २७ चैत्र बिहीबार ०९:०२ मा प्रकाशित ( ४ साल अघि) २०७७१ पाठक संख्या


झापा, कोरोनाभाइरस (कोभिड-१९) महामारी विश्वब्यापी संक्रमणसँगै नेपाल पनि अहिले लकडाउन छ यसको बढी असर दैनिक काम गर्ने श्रमिकको जीवनयापनमा परेको छ तथापी उनीहरुलाई तीन तहको सरकारहरुले बिभिन्न राहत र सहयोग सामाग्रीहरु वितरण गर्दै आएको छ । राहत सामाग्री वितरण गर्दा फोटो भिडियो बनाएर अरुको दु:खमाथि खेलवाड गर्ने गोपनियता भग गर्ने कार्य बढीरहेको छ ।

यही बिच झापाको कचनकवल गापा वडा न. १ मा झापाबाट निर्बाचित संघिय सासद राजेन्द्र लिङ्देनको उपस्थितीमा राहत वितरण भिन्न तरिकाले सम्पन्न गरेको छ । जति संख्यालाई वितरण गर्ने हो त्यही मात्राको राहत सामाग्री छुट्टाछुट्टै स्थानमा राखेर दूरी कायम गर्दै स्थानिय टोल बिकास समितीले नाम बोलाएपछि सामाग्री बुझेको हस्ताक्षर गर्ने र आफैले एक भाग उठाएर लैजाने न दिनेको फोटो न लिनेको फोटो भन्ने निती अबलम्बन गरेको छ ।

अहिले दुई प्याकेट चाउँचाउ, दुई प्याकेट बिस्कुट, दुई केजी चामल र दाल चामल, डण्डिमा एउटा साबुन, एउटा मसलाको प्याकेट राखेर बितरण गरी पाउनेको फोटो भिडियो बनाएर अरुको दु:खमाथि खेलवाड गर्ने गोपनियता भग गर्ने कार्य बढदो छ यस्ता कार्यले तिब्रता पाएपछी सामाजिक संजालमा यसको ब्यापक बिरोध गरी अभियान नै चलाएको पाईन्छ ।
झापाको कचनकवल गापाले राहत सामाग्री बितरण गरेको तरिका सबैले सिक्ने कि ?

 

 

खबर एक्सप्रेस