आज:  | Mon, 19, Feb, 2024

लकडाउनका बिच प्रेमगीत ३ युनिटले गर्‍यो रक्तदान

२०७६, २७ चैत्र बिहीबार १७:२६ मा प्रकाशित ( ३ साल अघि) ३८१३१ पाठक संख्या


अहिले कोरोनाभाईरसको कारण देश लकडाउनमा छ यही बिच अहिले काठमान्दौमा रगत अभाव भएपछि जानकारी पाएपछी चलचित्र प्रेमगीत ३ युनिटले लकडाउनको समयलाई पुरै कलाकार टिमको उपस्थितीमा सामाजिक दुरी कायम राखी आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।रक्तदान कार्यक्रम ग्रीनसिटि अस्पतालको आतिथ्यतामा प्रेमगीत ३ युनिटले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा चलचित्रका निर्माता निर्देशक सन्तोष सेन नायक प्रदीप खड्का मनिष राउत, पुष्प कार्की नायिका कृस्टिना गुरुङ गायक प्रताप दास गायिका प्रबिशा अधिकारी, संगीतकार एलिश कार्की, ग्रिनसिटि अस्पतालका डाक्टर, कर्मचारी, नेपाल प्रहरी र अन्य नागरिकले रक्तदान गरेका छन् ।

कार्यक्रमको संयोजन प्रेमगित३ का कार्यकारी निर्माता एव सामाजिक अभियन्ता चक्र बहादुर चन्दले गरेका थिए भने ५० जनाको सहभागिता रहेपनि ३० पिन्ट रगत संकलन भएको थियो, कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै ‘प्रेमगीत–३’ टिमले केही समय अगाडि ११ हजार मास्क वितरण गरेको थियो ।

खबर एक्सप्रेस