आज:  | Sat, 13, Apr, 2024

फिफा बरियतामा नेपाल यथावत स्थानमा

२०७६, २७ चैत्र बिहीबार १९:०५ मा प्रकाशित ( ४ साल अघि) ३००४० पाठक संख्या


(फाइल तस्वीर)

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत स्थानमा रहन सफल भएको हो। गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो।

कोरोना भाइरसका कारण विश्वभर गत महिना चार वटा मात्र खेल भएकाले अधिकांस देशको वरीयता यथावत रहेको फिफाले जनाएको छ ।

दक्षिण एशियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अगाडि भारत र माल्दिभ्स रहेका छन्। भारत १०८औँ स्थानमा रहँदा माल्दिभ्स १५५औँ स्थानमा रहेको
छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ। भुटान १८९औँ स्थानमा छ भने बङ्गलादेश १८७औँ स्थानमा छ। त्यसैगरी पाकिस्तान २००औँ स्थानमा रहँदा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ।

वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने फ्रान्स दोस्रो स्थानमा छ। त्यसैगरी ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा उरुग्वे पाँचौँ स्थानमा रहेको छ ।

खबर एक्सप्रेस