आज:  | Thu, 30, Mar, 2023

क्रिकेट बरियतामा नेपाल यथावत

२०७६, २८ चैत्र शुक्रबार १२:१८ मा प्रकाशित ( २ साल अघि) ३०२८८ पाठक संख्या

आईसीसीले ७ अप्रिलमा सार्वजनिक गरेको टि-२० वरीयतामा नेपाल १५औं स्थान यथावत रहेको छ । टि-२० वरीयतामा नेपालको २७ खेलबाट ४ हजार ९९७ अंकसहित १५ रेटिङ छ । एसोसिएटतर्फ टि-२० वरीयतामा स्कटल्याण्ड र युएई मात्र नेपाल भन्दा अघि छ ।

पाकिस्तान टि- २० को वरियतामा शीर्ष स्थानमा रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् । टि-२० को शीर्ष २० मा एक मात्र परिवर्तन भएको छ । आयरल्याण्ड स्कटल्याण्डलाई पछि पार्दै १२औं स्थानमा उक्लेको छ ।

यस्तै ६ अप्रिलमा सार्वजनिक ओडीआई वरीयतामा नेपाल १६औं स्थानमा यथावत छ । ओडीआई वरीयतामा नेपालको १२ खेलबाट २३७ अंकसहित २० रेटिङ छ । ओडीआई वरीयतामा एसोसिएट राष्ट्रमध्ये नेपाल चौथो स्थानमा छ । एसोसिएट राष्ट्रमा नेदरल्याण्ड्स, ओमान र स्कटल्याण्ड नेपालभन्दा अघि छ ।

ओडीआईमा वर्ल्ड च्याम्पियन इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् । विश्व नै अहिले कोरोना भाइरस कोभिड-१९ ले प्रभावित रहेको बेला विश्व खेलकुदको गतिविधि पनि यसको मारमा परेको छ ।

क्रिकेटको वरीयतामा पनि खासै फेरबदल छैन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको ओडीआई र टि-२० वरीयतामा नेपाल यथावत रहेको छ ।

खबर एक्सप्रेस