काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस परेका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीको दरबन्दी १४ कायम गरेको बाँकी रहेको १० डीआईजीको लागि ३४ एसएसपीहरुको निकै कडा प्रतिस्पर्धा चलेको थियो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार १० प्रहरी बरिष्ठ उपरीक्षकलाई डीआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ भने २४ एसएसपीहरु डीआईजीको दौडबाट आउट भएका छन् ।
सिनियर र जुनियर गरेर दुई ब्याचका एसएसपीहरु डीआईजी बढुवा सिफारिस भएका हुन् जसमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तम सुबेदी र अरुण बिसीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।