आज:  | Thu, 30, Mar, 2023

कोभिड-१९ बाट मर्नेको संख्या एक लाख नाघ्यो

२०७६, २९ चैत्र शनिबार ०८:४४ मा प्रकाशित ( २ साल अघि) १२१८४ पाठक संख्या

काठमाडौं, २९ चैत, कोरोनाभाइरस(कोभिड-१९) को महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख २ हजार ६ सय ८९ पुगेको छ । सबैभन्दा बढी इटलीमा १८,८४९ जनाले ज्यान गुमाएका छन्‌ भने पछील्लो समय अमेरिकामा यसको रफ्तार निकै बढेकोछ अहिलेसम्म अमेरिकामा १८,५००ले ज्यान गुमाएका छन्‌।

अहिलेसम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ लाख नाघेको छ १ लाखभन्दा बढि स्वास्थ्यकर्मीपनि प्रभावित भएको अनुमान छ ।

नेपालमा भने हालसम्म नौ जना संक्रमित भेटिएका छन्‌। उनीहरुको अवस्था सामान्य रहेको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस