आज:  | Mon, 15, Apr, 2024

लकडाउन छिट्टै अन्त्य नहुने सीमा कडा हुने

२०७६, २९ चैत्र शनिबार २२:२४ मा प्रकाशित ( ४ साल अघि) १२६१८ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना भाइरस (कोभिड-१९ ) रोकथाम र नियन्त्रण र  लकडाउन बारे भिडियो कन्फरेन्सको माध्यमबाट छलफल गरेका छन ।

सिंहदरबारको एक्सन रूमबाट प्रधानमन्त्रीले करिब ४ घण्टा छलफल गरेका थिए । सातै प्रदेशका मुख्यमन्त्रीले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको जानकारी गरेकी उहाँले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरे ।

खबर एक्सप्रेस