आज:  | Sat, 25, Mar, 2023

सशस्त्र प्रहरीका १३ जना एसएसपीमा बढुवा (सूचीसहित)

२०७६, ३० चैत्र आईतवार १८:२१ मा प्रकाशित ( २ साल अघि) १०३५५ पाठक संख्या

काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको निर्णय अनुसार क्रमशः विदुर खड्का, भेष बहादुर साह ,प्रदीप कुमार पाल,लक्ष्मण बहादुर सिंह, शान्ति कुमार कार्की, कृष्णराज पाठक, जयबहादुर खड्का, नेत्र कुमार खत्री, प्रकाश श्रेष्ठ, बेनु प्रसाद पाठक, श्याम कोइराला, सुदेश कुमार गुरुङ र रमेश कुमार सुवेदी रहेका छन् ।

बढुवा सिफारिस चित्त नबुझ्ने एसपीले नियमवालीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्र उजुरी हाल्न सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर एक्सप्रेस