नेपाल सरकारलाई एनसेलले तिर्नु पर्ने पूँजीगत लाभकर सम्पूर्ण चुक्ता गरेको छ आज १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । एनसेलले २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार रुपैयाँ पूँजीगत लाभकर तिर्नुपर्ने थियो । यसअघि एनसेलले पुस १५ गते ४ अर्ब ५० करोड, चैत १८ गते ४ अर्ब ६० करोड र आज १४ अर्ब ३३करोड गरी २३ अर्ब ४३ करोड कर तिरेको हो ।यो सँगै अब एनसेल बिबादमुक्त भएको छ ।
चार वर्ष अघि चैत २९ गते एनसेलमा भएको आफ्नो ८० प्रतिशत टेलिया कम्पनीले नर्वेमा रहेको आफ्नो होल्डिङ कम्पनी टेलिया सोनेरा नर्वे नेपालसँग सेन्ट किट्स एण्ड नेभिस नामक टापुमा दर्ता रहेको रेनल्ड होल्डिङ्सको सेयर एक खर्ब ४४ अर्व ७८ करोड रुपैयाँमा बिक्री गरेको थियो। सो बापतको कर नबुझाएकोमा ब्यापक बिरोध हुँदै आएको थियो भने सर्वोच्च अदालतले पनि यो विषयमा एनसेलसँगै लाभकर असुल गर्न आदेश दिएको थियो।
आज ठुला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले सावा व्याज सहित सम्पूर्ण पूँजीगत लाभकर बुझाएको जानकारी गरेका छन् ।