आज:  | Sun, 26, Mar, 2023

देशलाई महामारीबाट बचाऔं: मन्त्री ढकाल

२०७७, १ बैशाख सोमबार १७:२२ मा प्रकाशित ( २ साल अघि) ११०९९ पाठक संख्या

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिले देशलाई महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताएका छन् ।
सोमबार नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै उनले भने भनेका छन् ‘देशलाई महामारीबाट बचाऔं, बाँकी बहस पछि गरौंला ।’ उनले महामारीविरुद्धको लडाई सबै एकजुट भएर मात्र लड्न सकिने बताए ।

महामारीका बेलामा जनताको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गर्नु नै प्रमुख दायित्व हुने मन्त्री ढकालको भनाइ छ ।

उनले कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहने चिकित्सक र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रत्याभूति सरकारले गर्ने बताएका छन् । ‘उहाँहरुको स्वास्थ्यको प्रत्याभूति गराउन सरकार अत्यन्त सचेत छ’ मन्त्री ढकालले भनेका छन् ‘व्यक्तिगत सुरक्षा सामग्रीलगायत सुरक्षा सामग्री यथेस्ट मात्रामा पुर्‍याउन लागिपरेका छौं ।’

मन्त्री ढकालले अहिले कोरोना भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको विश्वब्यापी अभाव रहेकाले आफूसँग भएका साधनको दुरुपयोग गर्नबाट रोकी अधिकतम सदुपयोग गर्नुपर्ने बताए ।

खबर एक्सप्रेस