आज:  | Fri, 19, Apr, 2024

देशभरि करिब ११ हजार जनाको कोरोना (कोभिड–१९) भाइरस परीक्षण : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

२०७७, १ बैशाख सोमबार १७:४३ मा प्रकाशित ( ४ साल अघि) १०२०० पाठक संख्या

देशभरि करिब ११ हजार जनाको कोरोना (कोभिड–१९) भाइरस परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको हो ।

५ हजार ६९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्‍यापिड कीट विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

र्‍यापिड कीटबाट ५२ जिल्लामा परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । यो कीट सातै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको छ ।

परीक्षण गरिएकामध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी क्वारेन्टाइनमा बसिरहेका थिए ।

काठमाडौं उपत्यकामा ९ सहित देशभरि १ सय ३ जना लाइसोलेसनमा छन् ।

खबर एक्सप्रेस