आज:  | Tue, 16, Apr, 2024

क्वारेन्टिनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता

२०७७, १ बैशाख सोमबार २१:४१ मा प्रकाशित ( ४ साल अघि) १३३९३ पाठक संख्या

पोखरा, बैशाख १ गते । कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले क्वारेन्टिनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राख्ने प्रबन्ध मिलाउन दैनिक भत्ता दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमित दुई जनाको उपचार, डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला र अन्य काम गर्ने कर्मचारीलाई दैनिक दुई हजार २५० रुपियाँको दरले भत्ताको दिने निर्णय गरिएको बस्नेतले जानकारी दिए । कोरोना भाइरस संक्रमितको उपचार गर्नु आफैमा जोखिमपूर्ण भएकाले दैनिक भत्ताका साथै खान, बस्ने समेत व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

खबर एक्सप्रेस