आज:  | Tue, 26, Mar, 2024

दैलेखमा ट्याक्टर दुर्घटना ७ जना घाइते

२०७७, १ बैशाख सोमबार २२:०५ मा प्रकाशित ( ३ साल अघि) १४८५० पाठक संख्या


दैलेख, बैशाख १ गते । कर्णाली प्रदेशको दैलेख जिल्ला आठबीस नगरपालिका-१, साततलामा ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने ४ जना  १० वर्षका नविन नेपाली, १२ वर्षका नवराज नेपाली, कुशुम नेपाली र जीवन नेपाली गम्भीर घाइते भएकालाई साततला स्वास्थ्य चौकीमा सामान्य उपचार गरेपछि एम्बुलेन्स मार्फत सुर्खेत पठाइएकोछ। ट्याक्टर सोही नगरपालिकाको कार्यपालिका सदस्य गम्भिर सिंह विश्वकर्माको कर्णाली प्रदेश ०२००१ त ००५८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । लकडाउन उल्लंघन गरी बालुवा बोकेर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो ।स्थानियले बताएका छन् 

खबर एक्सप्रेस