कोरोना भाइरसको (कोभिड-१९) विश्वव्यापी महामारी फैलिरहेको छ । यसको संक्रमणबाट हालसम्म १ लाख १८ हजार ९ सय ८४ जनाको मृत्यु भैसकेको छ भने १९ लाख १५ हजार १४९ जनामा यसको संक्रमण रहेको छ । ४ लाख ४१ हजार २३२ जना उपचार पछि घर फर्केका छन् । ५१ हजार ७२० जनाको अवस्था गम्भीर रहेका छन् ।
कोभिड-१९ को महामारीका कारण अमेरिका अहिलेसम्म सबैभन्दा धेरै प्रभावित भएको छ हालसम्म २३ हजार ४ सय १४ जनाले ज्यान गुमाएका छन् भने ५ लाख ८२ हजार ६५ जनामा संक्रमण रहेको छ । ११ हजार ८०७ जनाको अवस्था निकै गम्भीर रहेको बताईएको छ ।