काठमाडौं, २ वैशाख । कोभिड-१९ का कारण नेपालमा सङ्क्रमितको संख्या १४ पुगेको छ । पछिल्लो ९ दिनसम्म नयाँ सङ्क्रमित एकजना पनि फेला परेको थिएन तर आइतबार एकैदिन ३ जना र सोमबार दुई जना नयाँ सङ्क्रमित थपिएपछी सरकारले लकडाउन लम्ब्याउने तयारी गरेको छ । सरकारले अझै एकहप्ता लकडाउन थप्न लागेको श्रोतले बताएको छ एक हप्ता लकडाउन थपे बैशाख १० गतेसम्म पुग्ने छ यसअघिको लकडाउन अवधी बुधबार सकिँदैछ ।
नेपालमा कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गईरहेकोले वैशाख १० गतेसम्म लकडाउन लम्ब्याउने बारे मंगलबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने तयारी गरेको छ। सरकारले पहिलो पटक चैत्र ११ गते देखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । त्यपछि आठ दिन थपेर चैत २५ गतेसम्म कायम गरिएको थियो अब एक हप्ता लम्ब्याएमा वैशाख १० गते लकडाउनको अवधी एक महिना पूरा हुनेछ ।