आज:  | Fri, 19, Apr, 2024

बाबुराम भट्टराईको प्रश्न तलब भत्ता नलिए विलासी जिवन कसरी चलाउछौ ?

२०७७, २ बैशाख मंगलवार ११:३९ मा प्रकाशित ( ४ साल अघि) १४७५७ पाठक संख्या

काठमाडौं वैशाख २। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गर्दै तलब भत्ता नलिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका अन्य ब्यक्तीलाई विलासी रहनसहनको खर्च कसरी चल्छ भनेर प्रश्न गरेका छन् । 

उनले ट्वीटरमा भनेका छन्, प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब/भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो।त्यससंगै आफ्नो कुनै पैतृक सम्पत्ति,बचत र वैध कमाइ नहुनेहरू( कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!)को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि?

प्रधानमन्त्रीले नयाँ वर्षको देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका थिए । यसअघी नै राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको तलब, उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब, मन्त्रीहरुले एक महिनाको तलब र सांसदहरुले १५ दिनको तलब सरकारी कोरोना रोकथाम तथा राहत कोषमा जम्मा गर्ने घोषणा गरेका थिए ।

 

खबर एक्सप्रेस