इटहरी कोरोनाभाइरस कोभिड-१९ को संक्रमण प्रतिदिन बृद्धि भएसंगै नेपाल सरकारले भारतीय सिमामा सुरक्षा व्यवस्था थप कडा बताइरहेको समयमा पूर्वी नाका काँकरभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान १४ जना भारतीय काँकरभिट्टाबाट प्रवेश गरी सुनसरीको इनरुवा पक्राउ परेका छन् । उनीहरुलाई सोमबार राती प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका गर्ने क्रममा भारतबाट आएका १४ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो ।
इनरुवा ट्राफिक प्रहरीका अनुसार चेककजाँच गर्ने क्रममा भ्यान भित्र त्रिपालले छोपेर उनिहरुलाई ल्याईएको थियो। चालकले तरकारी ल्याएको भनीरहदा शंका लागेपछी थप चेकगर्दा भित्र १४ जना भारतीय फेला परे ती भारतीय नागरिकहरुले कोशी व्यारेजसम्म जानको लागी पिकअप रिर्जभ गरेकाले आफुले भाडामा ल्याएको चालकले बताएका छन्। उक्त पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कटीङ्ग गरि पुनः काकडभिट्टा तर्फ फिर्ता पठाएको छ । भारतको दरभंगा घर भएको बताउने भारतीय नागरिकहरु भारतमा लकडाउनका कारण सवारीसाधनहरु बन्द भएकाले काकँडभिट्टा नाकाबाट प्रवेश गरेका थिए । उनिहरुले कोशी व्यारेजको बाटोबाट भारत जान हिडेको बताएका थिए ।