आज:  | Wed, 27, Mar, 2024

भारतमा वैशाख २१ गते सम्म लकडाउन

२०७७, २ बैशाख मंगलवार १२:४६ मा प्रकाशित ( ३ साल अघि) १२३३९ पाठक संख्या

 

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी  वैशाख २१ गते (३ मे) सम्मका लागि लकडाउनको समय थपिएको जानकारी दिएका छन् । सबैसँगको सर-सल्लाह र सुझावका आधारमा यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

लकडाउनको दिन बढाएपनी यो पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने समय आएको बताएका छन् । उनले भने यसमा थप कडाई लागू गरिने बताएका छन् । मोदीले वैशाख ८  (२० अप्रिल)सम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन गर्दै  यदि लकडाउनको पालना राम्रोसँग गरिए वैशाख ८ पछि केही शर्तमा छुट दिइने बताएका छन् ।

खबर एक्सप्रेस