काठमाडौं वैशाख २। कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्दै आएका एकै परीवारका ३ जनालाई कोभिड-१९ को शंकामा मिति बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पोजेटिभ देखिएकोले पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको थियो । (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो उनीहरुको टेस्टमा दुई जनामा कोरोना पुष्टी भएको टेकु अस्पतालको स्रोतले जनाएको छ। अर्को एकजनाको परिक्षण भइरहेको स्रोतको भनाई छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। १६ मध्ये एकजना निको भएर घर फर्किसकेका छन भने भने बाँकीको उपचार भइरहेको छ।