आज:  | Thu, 25, Apr, 2024

प्रधानमन्त्रीलाई जम्बो सचिवालय खारेज गर्न सुझाब

२०७७, २ बैशाख मंगलवार २२:५९ मा प्रकाशित ( ४ साल अघि) १८२२९ पाठक संख्या


काठमाडौं वैशाख २ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो सामाजिक संजालमा फेसबुकमा लेख्दै भनेकी छन् प्रधानमन्त्रीको निजी सचिवालयमा ४८ सम्मले सित्तैमा तलब खाइरहेको भन्दै उनले त्यसलाई खारेज गरेर राज्यको खर्च घटाउन सकिने बताएकी हुन् । सांसदको तलब हामीले एक महिनाको दिने निर्णय गरिसक्यौं, अब प्रधानमन्त्रीले आफ्नो २/४ महिनाको तलब नलिएर राज्यलाई राहत हुँदैन । प्रमको निजी सचिवालयमा मन्त्रीसरह सुविधा खाने कति छन् ? करिब ४८ जनासम्मले सित्तैमा तलब थाप्न पाउने व्यवस्था छ, त्यो पो खारेज गर्नुपर्ने होला ?’ नेतृ झाँक्रीले भनेकी छन् ।

उनले प्रधानमन्त्रीले तलब नलिने घोषणा गर्नुभन्दा अनावश्यक जम्बो सचिवालय खारेज गर्ने निर्णय गर्नु बढी लोकप्रिय हुने पनि उल्लेख गरेकी छन् ।

उनको स्टाटस

 

खबर एक्सप्रेस