आज:  | Sat, 25, Mar, 2023

अमेरिकाले डब्लुएचओलाई गर्ने सहयोग रोक्का

२०७७, ३ बैशाख बुधबार ०९:१० मा प्रकाशित ( २ साल अघि) १२४६३ पाठक संख्या

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएका छन्। डब्लुएचओले चीनमा फैलिएको कोरोना भाइरस संक्रमणलाई हल्का रुप लिएको ढाकछोप गर्न खोजेको गम्भिर आरोप लगाउदै लगाएका छन्।

उनले भनेका छन् डब्लुएचओले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा आफ्नो आधारभूत कर्तव्य समेत पूरा गर्न नसकेको आरोप लगाएका छन्। अब डब्लुएचओलाई जवाफदेही बनाउनका लागि आर्थिक सहायता रोक्ने निर्देशन दिएको समेत बताएका छन्।

डब्लुएचओलाई सबैभन्दा धेरै सहयोग गर्ने दाता अमेरिका हो यसले गत वर्ष मात्र ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो।

कोभिड-१९ का कारण अमेरिकामा हालसम्म २५ हजार ९८१को मृत्यु भइसकेको छ भने ६ लाख आठ हजार जना यसबाट संक्रमित भएका छन्।

 

 

खबर एक्सप्रेस