आज:  | Tue, 20, Feb, 2024

चट्याङ लागेर एकको मृत्यु

२०७७, ३ बैशाख बुधबार १४:१२ मा प्रकाशित ( ३ साल अघि) १३७६५ पाठक संख्या

दार्चुला, वैशाख ३ ।  सुदुरपस्चिमको दार्चुलाको शैल्यशिखर नगरपालिका–६ तिखाधारमा घरभित्र बसेको अवस्थामा चट्याङ लागेर सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको छ भने घटनामा पाच जना घाइते भएका छन् । राति ८ बजे घरमा चट्याङ परेको हो । चट्याङ लागेर सीता खाती र छोरा राजेन्द्र खाती सामान्य घाइते भएका छन् । चट्याङले घर पूर्णरूपमा क्षति हुनुका साथै गोठमा रहेका  गाईगोरु मरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

खबर एक्सप्रेस