आज:  | Mon, 15, Apr, 2024

काठमाडौंले पास वितरण बन्द गर्‍यो आजबाट लगडाउनलाई कडा पार्यो

२०७७, ३ बैशाख बुधबार १५:१२ मा प्रकाशित ( ४ साल अघि) १९८४१ पाठक संख्या

वैशाख ३, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण कार्य बन्द गरेको छ । पास माग्ने अत्याधिक बढेर धेरै भीडभाड हुने गरेकोले ई-पासको ब्यबस्था गरेको थियो त्यसमा पनि दुई दिन मै आठ हजार जतीले आबेदन गरेका थिए यसो गर्दा पनि लकडाउनलाई असर पर्ने भन्दै बुधबारदेखि उक्त पास वितरण कार्य पनि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अब परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिले मात्र पास पाउने त्यो बाहेक अन्यले सवारी पास नपाउने जानकारी गरेको छ ।

काठमाडौंमा कोरोनाभाइरस संक्रमित बिरामी भेटिएपछि आजबाट काठमाडौं उपत्यकाको लकडाउनलाई अझ कडा पार्न प्रहरीलाई कडा निर्देशन दिएको कोही अनावश्यक बाहिर आए तुरुन्तै नियन्त्रणमा लिन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । 

खबर एक्सप्रेस