आज:  | Sat, 20, Apr, 2024

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरू

२०७७, ३ बैशाख बुधबार १५:५१ मा प्रकाशित ( ४ साल अघि) १३५४८ पाठक संख्या

वैशाख ३, काठमाडौं । काठमाडौ गत चैत ५ गते बेलायतबाट आएका पेप्सिकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा र छोरालाई कोरोना पोजेटिभ देखिएपछि सोही अपार्टमेन्टमा बस्ने अरुको आजबाट र्‍यापिड टेस्ट सुरू गरेको छ ।

आज उनीहरुको घरमा काम गर्ने दुई जना कामदारसहित ‘ब्लक ए’ मा बस्ने २ सय ४२ जनाको र्‍यापिड टेस्ट गरिएको छ भने नतिजामा सबैको यापिड टेस्ट नेगेटिभ आएको छ । काम गर्ने दुई जनाको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ।स्वाब परीक्षणको नतिजा आएपछि कामदारमा कोरोना भाइरस छ छैन अझ प्रस्ट खुल्नेछ ।

खबर एक्सप्रेस