आज:  | Thu, 28, Mar, 2024

मन्त्री खतिवडाले लकडाउनको उलंघन गरे कोरोनाको सन्देश दिनेले नै झुट बोले

२०७७, ३ बैशाख बुधबार १७:३३ मा प्रकाशित ( ३ साल अघि) २३०९६ पाठक संख्या

वैशाख ३, काठमाडौं

काठमाडौँको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा कोरोनाभाइरस संक्रमित फेला परेको घटना पुस्टि भएसँगै नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडा पनि चैत ११ गते सो अपार्टमेन्टमा पुगेको जानकारी खुल्न आएकोछ ।

सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेको थियो तर मन्त्री खतिवडा लकडाउनको उलंघन गरी उक्त अपार्टमेन्टमा पुगेका थिए उक्त अपार्टमेन्टमा मन्त्री खतिवडाका छोरा तिलक खतिवडा अपार्टमेन्टमाम बस्ने गर्छन् त्यहा अर्थमन्त्री खतिवडाका परिवारका दुई वटा फ्ल्याट छन् । गत चैत ८ गतेसनसिटी अपार्टमेन्टमा वेल फेयर सोसाइटीको चुनाव भएको थियो  चुनावबाट उनका छोरा सचिवमा निर्वाचित भएका थिए । छोरालाई बधाई दिन अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्ट पुगेका हुन् तर अर्थमन्त्रीले अहिलेसम्म केही बताएका छैनन् ।

स्रोतका अनुसार चैत ११ गते साँझ ५:१३ मा सनसिटी अपार्टमेण्टमा बा २ झ ३७३३ नम्बरको झण्डावाल गाडी त्यहा पुगेको थियो भने साँझ ५: ५५ मा त्यहाँबाट निस्किएको थियो तर मन्त्रीका प्रेस संयोजक यमनप्रसाद पौडेलले बिभिन्न मिडियामा अर्थमन्त्री खतिवडा मुटुको बिरामी भएकाले बालुवाटार र सिंहदरवार बाहेक अन्यत्र कतै नगएको भनी झुट बोल्दै आएका छन्।

यो पनी हेरौ युजिल्यान्डमा हालै लकडाउनलाई उल्लङ्घनमा स्वास्थ्यमन्त्री पद गुमेको थियो 

युजिल्यान्डमा लकडाउनलाई उल्लङ्घन गरेको आरोपमा त्यहाका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले आफ्नो मन्त्री पद गुमाउन पुगेका छन् । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डनले उनलाई पदमुक्त गरिएको जानकारी दिएकी छन् ।  स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राज्यले घोषणा गरेको लकडाउनको यस्तो संवेदनशील समयमा आफ्नो परिवारसँगै कारमा समुद्री तटमा घुम्न गएको यो र यो निकै गलत कार्य भएकोले प्रधानमन्त्रीले मन्त्री क्लार्कलाई बर्खास्त गरेकी हुन। उनी सहायक अर्थमन्त्रीको समेत जिम्मेवारी थिए उता स्वास्थ्यमन्त्रीले आफुबाट गल्ती भएको स्वीकारेका छन् ।

खबर एक्सप्रेस