आज:  | Mon, 04, Mar, 2024

सामाजिक सञ्जालमा अफवाह फैलाएको अभियोगमा दुई जना पक्राउ

२०७७, ३ बैशाख बुधबार १९:२१ मा प्रकाशित ( ३ साल अघि) २६१३४ पाठक संख्या

सुर्खेत, ३ वैशाख । सामाजिक सञ्जाल फेसबुकमा सुर्खेतमा १ जना कोरोना संक्रमित ब्यक्ति देखिएको भनि तथ्यहीन र भ्रामक प्रचार गरी अफवाह फैलाई जनमानसमा डर त्रास फैलाउने काम गरेकोले लेकबेसी नगरपालिका-१ लेकफर्सा स्थित दैलेख नौमुले नगरपालिका-३ घर भएका २१ वर्षीय प्रेम बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उता घोराही उपमहानगरपालिका-१४ घोराही बजार बस्ने २८ वर्षीय दिपक न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा दाङमा पनि कोरोना भाइरस संक्रमित ब्यक्ति भेटिएको भनी तथ्यहीन तथा भ्रामक विवरण पोष्ट गरी जनमानसमा डर फैलाउने काम गरेको उनलाई प्रहरीले पक्राउ गरेको छ ।

खबर एक्सप्रेस