आज:  | Mon, 04, Mar, 2024

प्रहरीलाई कन्ट्रोल रड हस्तान्तरण

२०७७, ३ बैशाख बुधबार १९:४२ मा प्रकाशित ( ३ साल अघि) १८५३९ पाठक संख्या

वैशाख ३, काठमाडौं ।  ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत्त (कमलपोखरी) मालीगाउँमा कार्यालय प्रमुख प्र.ना.उ. भरतबहादुर वि.क. र सामुदायिक सेवा केन्द्र तथा सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्षलाई ११ थान कन्ट्रोल रड हस्तान्तरण गरेका छन् ।

कोरोनाभाइरस कोभिड-१९ को संक्रमणका कारण अहिले देश लकडाउनमा छ । लकडाउनलाई उल्लङ्घन गरी बिना कामले बाहिर निस्कनेलाई नेपाल प्रहरीले तत्काल नियन्त्रण लिने गरेको छ यो कार्यमा कन्ट्रोल रड सजिलो हुने बताइएको छ ।

खबर एक्सप्रेस