आज:  | Thu, 30, Mar, 2023

सेनाले ६० हजार सीम कार्डका प्रयोगकर्ता खोज्दै

२०७७, ४ बैशाख बिहीबार १०:३४ मा प्रकाशित ( २ साल अघि) १६६४८ पाठक संख्या


काठमाडौं, वैशाख-४

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले लकडाउन हुनुअघि चैत पहिलो साता वितरण गरिएका बिभिन्न कम्पनीका ६० हजार सीम कार्डको ट्रेसिङ प्रक्रिया थालनी गरेको छ ।

टेलिकमबाट २० हजार र एनसेलबाट ४० हजार सीम कार्डको बितरण भएकोमा अहिलेसम्म ८ हजार ८ सय २२ वटा सीम कार्ड प्रयोगकर्ताको अवस्थाबारे जानकारी लिएको छ ।

चैत महिनामा लकडाउन हुनुअघि हवाइ तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्थिति बुझ्न यो बिधी फलदायी हुने बताइएको छ ।

खबर एक्सप्रेस