आज:  | Sat, 25, Mar, 2023

डाक्टरहरु कुटपिट गर्ने प्रहरी माथी छानबिन शुरु

२०७७, ४ बैशाख बिहीबार १७:३३ मा प्रकाशित ( २ साल अघि) ११२८५ पाठक संख्या

काठमाडौं, बैशाख ४ ।

त्रि.वि. शिक्षण अस्पताल महराजगञ्जका डाक्टरहरुलाई प्रहरीले कुटपिट गरेको घटनाबारे महानगरीय प्रहरी कार्यालयले छानबिन थालेको छ । बुधबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्ष उमेश लम्सालसहितको टोलीले शिक्षण अस्पतालमा कार्यरत डाक्टरहरु तेजप्रकाश साह, शम्भु खनाल र विकास शाहमाथि अस्पतालबाट खाना खाएर फर्कने बेलामा अभद्र व्यवहार गर्नका साथै डा. शम्भु खनाललाई कुटपीट गरेको घटना बाहिरीएपछि वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी रहेको छानबिन समिति गठन गरेको छ । घटनामा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्ष उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाइएको छ भने अन्य प्रहरीलाई पनि महानगरीय प्रहरी कार्यालयमा फिर्ता बोलाई छानविन शुरु गरीएको छ ।
यससम्बन्धमा स्वास्थ्य मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले दोषीमाथि विभागीय कारबाही गर्ने र लिखितरुपमा माफी माग्ने सहमति भएको थियो । मन्त्रालयमा बैठक बसेर दुवै पक्षबीच प्रहरीलाई कारवाही गर्ने सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर एक्सप्रेस