आज:  | Fri, 24, Mar, 2023

धनगढीमा थप दुई जना कोरोना पोजेटिभ भेट्टिए

२०७७, ४ बैशाख बिहीबार १९:१० मा प्रकाशित ( २ साल अघि) १०४७९ पाठक संख्या

कैलाली, बैशाख ४,
कैलाली स्थित धनगढीमा दुई जना कोरोना पोजेटिभ भेट्टिएका छन, थप परीक्षणका लागि उनीहरुको नमुना काठमाडौँ पठाइएको छ। धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीआर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ।
प्रयोगशाला स्रोतका अनुसार कोरोन पोजेटिभ पाइएका दुबै रुकुमका हुन् उनीहरुको नमुना सुर्खेतबाट ल्याइएको थियो जसमा ९९ वटा थ्रोट स्वावको नमूना थियो ।  जसमा नमुना परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखाएको हो ।
नेपालमा अहिलेसम्म १६जनामा कोरोना पोजेटिभ पुष्टी भइसकेको छ, जसमा एक जना ठिक भएर घर फर्केका छन भने १५ को बिभिन्न अस्पताल हरुमा उपचार भैरहेको छ।

खबर एक्सप्रेस