आज:  | Fri, 29, Mar, 2024

नेपाल टेलिकमको कोरोना सर्वेक्षणमा एकैदिन सात लाख सहभागी

२०७७, ४ बैशाख बिहीबार १९:१९ मा प्रकाशित ( ३ साल अघि) ११४४० पाठक संख्या

काठमाडौं, वैशाख ४ गते ।
नेपाल टेलिकमले मङ्गलबारदेखि कोरोना सम्भावित सङ्क्रमितको पहिचान गर्न शुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख जना सहभागी भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।
टेलिकमले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र नेपाली सेनाको सहकार्यमा यस्तो सर्वेक्षण सुरु गरेको हो । सर्वेक्षणमा भाग लिन १४१९ डायल गरेर सहभागी हुन सकिने यो सर्वेक्षणका लागि पहिले नै केही प्रश्न तयार गरिएका छन् । प्रयोगकर्ताले उक्त नम्बरमा डायल गरेपछि ज्वरो आए नआएको, खोकी लागे नलागेको, सास फेर्न गाह्रो भए नभएको र पछिल्लो तीन हप्तामा विदेशबाट आए नआएको प्रश्नको उत्तर दिनुपर्नेछ । हरेक प्रश्न छ वा छैनको शैलीमा दिनुपर्ने छ । टेलिकमले उत्तर दिने यो प्रक्रिलाई १ वा २ अङ्क थिचेर सहभागी हुन सक्ने बनाएको छ ।

सङ्कलित तथ्याङ्कको विश्लेषण गरेर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिलाई उपलब्ध गराउनेछ । लक्षण अनुसार अति जोखिमयुक्त सम्भावित व्यक्तिलाई सम्पर्क गर्ने व्यवस्था पनि गरिएको छ ।

खबर एक्सप्रेस