आज:  | Sat, 25, Mar, 2023

नेपाल प्रहरीका १९ रिक्त एसएसपीमा को-को दाबेदार

२०७७, ५ बैशाख शुक्रबार १७:०९ मा प्रकाशित ( २ साल अघि) १६४३१ पाठक संख्या

नेपाल प्रहरीमा १०जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिश भएसँगै एसएसपीको १९ पद खाली हुन लागेको हो ।ती खाली एसएसपीमा बढुवाको लागि आईजीपी ठाकुर ज्ञवालीले प्रधानमन्त्रीसमक्ष बढुवा हुनेको नामवली बुझाई सकेको र त्यो लिस्ट लगभग फाइनल भइसकेको स्रोतको बताएको छ ।

को–को प्रतिस्पर्धामा छन् त ?

एसएसपीको बढुवाको लिस्टमा २० जना प्रहरी उपरीक्षक (एसपी)हरू प्रतिस्पर्धामा देखिएका छन् ।

एसपीहरू वीरेन्द्र बस्याल, राजेश बास्तोला, भरत बोहरा, दुर्गा सिंह, किरण राणा, विष्णुकुमार केसी, कुवेर कठायत, केदार ढकाल, रवीन्द्र केसी, सुदीप गिरी, कृष्णकुमार महत, लालमणि आचार्य र अर्जुन चन्द ठकुरीसहित १३ जना एसपीहरू बढुवा हुने सम्भावना प्रबल छ ।

भने एसपी हृदय थापा, सुरेन्द्र मैनाली, अशोकसिंह, चक्रबहादुर सिंह, राजकुमार वैदवार र मुकेश सिंह पनि उत्तिकै दाबेदार हुन् भने पछिल्लो ब्याचका एसपी चन्द्र खापुङ्ग पनि बढुवाका लागि आफ्नो अनुकूलका शक्ति केन्द्रमा धाइरहेको छन्। 

कार्यक्षमताकै आधारमा एसपीहरूलाई एसएसपी बनाउनेमा मुडमा आईजीपी ज्ञवाली रहेका छन्  यसभन्दा अगाडि कार्यक्षमताका आधारमा १० जना एसएसपी घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बिसीलाई डीआईजी बढुवाका लागि सिफारिश गरेको थियो उनीहरूको आज (शुक्रवार) उजुरी गर्ने ७ दिनको म्याद सकिँदै छ भने उनीहरु आइतवार डीआईजीको फूली लगाउनेछन् ।

नेपाल प्रहरी त्यसपछी त्यसपछी नायब उपरीक्ष (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी)मा पनि बढुवा गर्ने तयारी रहेको छ ।

खबर एक्सप्रेस