आज:  | Fri, 29, Mar, 2024

चीनको राजदूतमा महेन्द्र बहादुर पाण्डे नियुक्त

२०७७, ५ बैशाख शुक्रबार १७:३४ मा प्रकाशित ( ३ साल अघि) ११३७८ पाठक संख्या

काठमाडौं बैशाख-५ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको राजदूतमा महेन्द्र बहादुर पाण्डेलाई नियुक्त गरेकी छिन् मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार पाण्डेलाई चीनको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । उनी नेकपाका नेता हुन

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई राष्ट्रपतिले गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको उल्लेख गरेका छन् ।

यस अघी सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई कार्यकाल पुरा नगरी फिर्ता बोलाएर पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

खबर एक्सप्रेस